२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीसँग जोडेर व्याख्या गर्न नमिल्ने बताएका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले उक्त भ्रमण व्यक्तिगत प्रकृतिको भएको उल्लेख गरे। उनका अनुसार सभापति लामिछाने आफ्नै कार्यक्रमअनुसार भारत गएको र त्यसमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको स्पष्ट पारे।

प्रवक्ता पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह हाल भारतसहित अन्य कुनै पनि मुलुकको भ्रमण तयारीमा नरहेको जानकारी दिए। उनले सरकारको ध्यान अहिले विदेश भ्रमणभन्दा प्रारम्भिक कार्यकालका प्राथमिकतामा केन्द्रित रहेको बताए।

सरकारले सुरुआती सय दिनभित्र सम्पन्न गरिने कार्ययोजनालाई प्राथमिकतामा राखेकाले प्रधानमन्त्रीको कार्यव्यस्तता आन्तरिक काममै केन्द्रित रहेको उनको भनाइ थियो।

उनले उपयुक्त समय आएमा प्रधानमन्त्रीले भारत मात्र नभई अन्य मुलुकको पनि भ्रमण गर्न सक्ने उल्लेख गर्दै हाल भने सरकार कामकाज र नीतिगत प्राथमिकतामा बढी केन्द्रित रहेको बताए।

0 Comments