काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारीहरू नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ।
विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पद रिक्त भएपछि नाम सिफारिस तथा छनोटका लागि गठित समितिले आवेदन प्रक्रिया अघि बढाएको हो।
समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त पेस गर्न आग्रह गरेको छ।
छनोट तथा सिफारिस समितिका अनुसार पदाधिकारी चयन प्रक्रिया सम्बन्धित कार्यविधि, २०८३ अनुसार सञ्चालन गरिनेछ। सोही कानुनी आधारमा आवेदन संकलन गरी योग्य व्यक्तिको नाम सिफारिस गरिने व्यवस्था मिलाइएको छ।
अध्यादेशमार्फत पहिलेका पदाधिकारीहरू पदमुक्त भएपछि विश्वविद्यालयमा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ।







