२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘त्रिविमा अनुसन्धान प्रकाशनको दर उच्च, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा बढाउन थप प्रयास आवश्यक’ : उपकुलपति बज्राचार्य

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशील बहादुर बज्राचार्यले विश्वविद्यालयमा शिक्षणसँगै अनुसन्धान गतिविधि पनि सुदृढ रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार त्रिविबाट हरेक वर्ष एक हजारभन्दा बढी अनुसन्धानमूलक लेख प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशन हुने गरेका छन्।

विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको प्रिन्सिपल कार्यालयद्वारा आयोजित अनुसन्धान विधि, तथ्यांक संकलन तथा विश्लेषणसम्बन्धी कार्यशालामा बोल्दै उपकुलपति बज्राचार्यले अनुसन्धान संस्कृतिको विस्तारसँगै शिक्षकहरूको सहभागिता र रुचि क्रमशः बढ्दै गएको उल्लेख गरे।

उनले विश्वविद्यालयमा भइरहेका अनुसन्धान तथा शैक्षिक गतिविधिको तुलनामा अन्तर्राष्ट्रिय मूल्यांकन र वरीयतामा अपेक्षित उपलब्धि हासिल गर्न अझै काम गर्नुपर्ने आवश्यकता औँल्याए। एकीकृत तथ्यांक व्यवस्थापन प्रणालीको अभावका कारण विश्वविद्यालयका उपलब्धिहरू प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ थियो।

कार्यशालाबाट प्राप्त ज्ञान र सीपले अनुसन्धान क्षेत्र मात्र नभई कक्षाकोठा शिक्षण र विद्यार्थीको सिकाइ प्रक्रियामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास उनले व्यक्त गरे।

सात दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा अनुसन्धान क्षमता अभिवृद्धि, अनुसन्धानका आधारभूत तथा उन्नत विधि, तथ्यांक संकलन र विश्लेषणका प्रविधि, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, सञ्चार सीप तथा अन्य अनुसन्धानसम्बन्धी दक्षता विकासका विषय समेटिएका छन्। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न शैक्षिक निकायमा कार्यरत युवा अनुसन्धानमुखी शिक्षकहरूको सहभागिता रहेको छ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका प्रिन्सिपल अक्कलदेव मिश्र ले यस्ता तालिमले शिक्षकहरूको अनुसन्धान क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताए। प्रविधिको तीव्र विकाससँगै अनुसन्धान पद्धति र अभ्यासमा आएको परिवर्तनबारे अनुसन्धानकर्मीलाई अद्यावधिक र सक्षम बनाउन कार्यशाला उपयोगी हुने उनको धारणा थियो।

0 Comments