२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर उपचारमा उल्लेखनीय प्रगति, नयाँ इन्जेक्सनले ट्युमर हटाउने परीक्षण सफल

अ+ अ-

काठमाडौँ । क्यान्सर उपचार क्षेत्रमा चिकित्सकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उपचारका अन्य विधिबाट लाभ नपाएका बिरामीहरूमा समेत ट्युमर घटाउने र कतिपय अवस्थामा पूर्ण रूपमा हटाउने क्षमतासहितको नयाँ इन्जेक्सनको परीक्षण सफल भएको बताइएको छ।

औषधि उत्पादक कम्पनी जोनसन एन्ड जोनसन ले विकास गरेको ‘अमिभान्तामाब’ नामक इन्जेक्सनको परीक्षण ११ देशमा गरिएको थियो। प्रारम्भिक उपचार प्रभावहीन भएका तथा क्यान्सर शरीरका अन्य भागमा फैलिएका वा पुनः देखिएका बिरामीहरूलाई लक्षित गरी परीक्षण सञ्चालन गरिएको हो।

परीक्षण नतिजाअनुसार सहभागीमध्ये एक तिहाइभन्दा बढी बिरामीमा ट्युमर आकार घटेको देखिएको छ। केही सातामै औषधिको प्रभाव स्पष्ट रूपमा देखिएको चिकित्सकहरूको भनाइ छ। त्यस्तै, करिब १५ जना बिरामीमा क्यान्सर पूर्ण रूपमा हराएको तथ्य पनि सार्वजनिक गरिएको छ।

लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक केभिन ह्यारिङ्टनले केमोथेरापी र इम्युनोथेरापी दुवै विकल्प निष्क्रिय भएका बिरामीमा समेत सकारात्मक परिणाम देखिनु असाधारण उपलब्धि भएको टिप्पणी गरेका छन्। उनका अनुसार उपचारका विकल्प समाप्त भइसकेका अवस्थामा देखिएको यस्तो परिणामले भविष्यमा ठूलो संख्यामा बिरामीको जीवन बचाउन सक्ने सम्भावना देखाएको छ।

टाउको तथा घाँटीको क्यान्सरसम्बन्धी १०२ जना बिरामीमा गरिएको परीक्षणमा ४३ जनामा ट्युमर घटेको वा पूर्ण रूपमा समाप्त भएको पाइएको छ। तीमध्ये २८ जनामा ट्युमर सानो भएको र १५ जनामा क्यान्सर पूर्ण रूपमा हराएको विवरण अनुसन्धानमा उल्लेख गरिएको छ।

यस औषधिको प्रभाव फोक्सोको क्यान्सरका बिरामीमा पनि देखिएको जनाइएको छ। यसको कार्यप्रणालीले क्यान्सर फैलाउन सहयोग गर्ने प्रोटिनलाई अवरुद्ध गर्ने र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाएर ट्युमरविरुद्ध लड्न मद्दत गर्ने बताइएको छ।

जिब्रोको क्यान्सर भोगिसकेका ५६ वर्षीय बिरामी कार्ल वाल्सले उपचारपछि आफ्नो अवस्था उल्लेख्य रूपमा सुधारिएको बताएका छन्। पहिले बोल्न र खानसमेत कठिन हुने अवस्था रहेकोमा हाल सामान्य जीवनयापन गर्न थालेको उनको भनाइ उद्धृत गरिएको छ।

हाल यो औषधिको प्रभावकारिता परीक्षण गर्न विश्वभर करिब ६० वटा थप क्लिनिकल परीक्षणहरू जारी रहेका छन्। फोक्सो, मस्तिष्क, पेट तथा ठूलो आन्द्रासम्बन्धी क्यान्सरमा यसको प्रभाव अध्ययन भइरहेको छ।

यस अनुसन्धानका विस्तृत नतिजा अमेरिकाको सिकागोमा आयोजना हुने अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी वार्षिक बैठक मा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

0 Comments