२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी हुँदैछ सिंहदरबारमा मन्त्रालयहरूको व्यवस्थापन: दुई संसद भवनमा सर्दैछन् स्वास्थ्य र श्रम 

अ+ अ-

काठमाडौँ। संघीय संसद्को नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल संसद सचिवालयले प्रयोग गरिरहेका भवनहरूलाई पुनः व्यवस्थापन गर्ने निर्णय गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दुई छुट्टाछुट्टै संसद भवनमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने भएको छ । साथै, राष्ट्रिय सतर्कता केन्द्रले पनि लामो समयपछि आफ्नै प्रयोजनका लागि बनेको भवन उपभोग गर्न पाउने भएको छ । 

मन्त्रिपरिषद्को वैशाख ३० गतेको निर्णयअनुसार संसद भवन-१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रयोग गर्नेछ भने संसद भवन-२ युवा, श्रम तथा रोजगार मन्त्रालयलाई उपलब्ध गराइनेछ। नयाँ संघीय संसद भवन निर्माण सम्पन्न भई संसद सचिवालय हाल प्रयोगमा रहेका भवनबाट सरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ।

सरकारले मन्त्रालय तथा निकायहरूको पुनः व्यवस्थापनसम्बन्धी निर्णय गर्दा २०८२ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय तथा कार्यालयमा पुगेको क्षति र त्यसपछि उत्पन्न कार्यसम्पादनसम्बन्धी चुनौतीलाई समेतलाई आधार बनाई व्यवस्थापन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । राष्ट्रिय सतर्कता केन्द्र हाल प्रयोग गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनको बेसमेन्ट र भुइँतलामा आगलागीबाट क्षति पुगेकाले पुनर्निर्माण आवश्यक भएसँगै हाल काम कारवाहीले गति लिन सकिरहेको छैन । 

साथै राष्ट्रिय सतर्कता केन्द्रका लागि विगतमा निर्माण गरिएको भवनमा हाल युवा, श्रम तथा रोजगार मन्त्रालय रहेको छ। उक्त भवनको बेसमेन्टमा केन्द्रको परीक्षण प्रयोगशाला पनि सञ्चालनमा रहेकाले सेवा प्रवाह तथा स्थान अभावको समस्या समाधान गर्न केन्द्रलाई सो भवन उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यससँगै हाल युवा, श्रम तथा रोजगार मन्त्रालयले प्रयोग गरिरहेको भवन राष्ट्रिय सतर्कता केन्द्रले प्रयोग गर्नेछ। त्यसको विकल्पस्वरूप युवा, श्रम तथा रोजगार मन्त्रालय संसद भवन–२ मा सर्नेछ।

स्वास्थ्य मन्त्रालयको हकमा भने पछिल्ला वर्षहरूमा कार्यालय व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। भवन अभावकै कारण सिंहदरवार बाहिर रहन पुगेको तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको भवनमा जेन जेड आन्दोलनमा भएको आगलागीबाट क्षति पुगेपछि मन्त्रालयले विभिन्न अस्थायी संरचना तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्दै आएको थियो। त्यसपछि मन्त्रालयलाई सिंहदरबारभित्र अस्थायी बट्टाभित्र व्यवस्थापन गरिएको भए पनि दीर्घकालीन कार्यालय पूर्वाधारको आवश्यकता कायम थियो।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई संसद भवन–१ उपलब्ध गराउने बाटो खुलेको छ। यसबाट मन्त्रालयका विभिन्न महाशाखा, शाखा तथा प्रशासनिक इकाइलाई एउटै परिसरमा व्यवस्थित गर्न सहज हुने छ।

सरकारले मन्त्रालय तथा निकायहरूको कार्यसम्पादन, सेवा प्रवाह, भौतिक पूर्वाधारको उपयोग र उपलब्ध स्थानको आवश्यकतालाई ध्यानमा राख्दै सिंहदरबार परिसरभित्र पुनः व्यवस्थापनको प्रक्रिया अघि बढाएको जनाएको छ। संघीय संसद्को नयाँ भवन सञ्चालनमा आएपछि उक्त निर्णय कार्यान्वयनमा जानेछ र त्यससँगै विभिन्न मन्त्रालय तथा निकायहरूको कार्यालय व्यवस्थापनमा समेत परिवर्तन आउने सिंहदरवार प्रशासन स्रोतको भनाई छ।

0 Comments