२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास

अ+ अ-

टीकापुर (कैलाली) । पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना अभ्यास गरिएको हो । 

नमूना अभ्यासका क्रममा बाढी आउँदा कसरी सुरक्षित हुने, उद्धार र सुरक्षितस्थानमा जाने तरिकालगायत विषयमा व्यवहारिक ज्ञान प्राप्त भएको स्थानीयले बताएका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र प्राक्टिकल एक्सन बी ग्रुपको सहकार्यमा स्थानीय विपद् व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन् । 

नमूना अभ्यास तीन चरणमा आधारित भएर सर्तकता, चेतावनी तह, खतरा तहलगायत विषयमा गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष फुलकुमारी चौधरीले जानकारी दिइन्। टीकापुरको वडा नं ६ भर्तापुरमा ८४ घर छन् । हरेक वर्ष बर्खामा यहाँ पथरैया नदीका कारण बाढीको जोखिम रहन्छ ।

बाढी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च र सुरक्षित घर व्यवस्थापन गरिएको समितिका अध्यक्ष चौधरीले उल्लेख गरिन्। नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो । बाढी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता पनि बढाइएको उनको भनाइ छ ।

समितिका अध्यक्ष चौधरीले नमूना अभ्यासमा सहभागी भए जसरी नै बाढीको समयमा एकअर्कालाई साथ दिन र उद्धारमा खटिन स्थानीयलाई आग्रह गरिन् । “आपत्कालीन अवस्थामा कसलाई र कहाँ सम्पर्क गर्ने भन्ने जानकारी दिएका छौँ । आपतकालिन नम्बर पनि सुरक्षित राख्नुपर्छ भन्ने सिकाइ भयो”, उनले भनिन्, “बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिएर अभ्यास गरेका छौँ ।” स्थानीय आशादेवी चौधरीले विपद्का समयमा पूर्वसूचनामा ध्यान दिने, विपद् पूर्वतयारी, जोगिने उपाय, उद्धारमा खटिँदा ध्यान दिनुपर्ने कुरालगायत विषयमा जानकारी पाइएको बताइन् । 

टीकापुर गाउँपालिका-६ का वडासदस्य पूर्णबहादुर नायकले बाढी आएको समयमा पूर्वसूचनामा विश्वास गर्न, समयमा सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताए “हामीले समुदायलाई बाढीजन्य विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले नमूना अभ्याससहित सचेतनामूलक कार्यक्रम गर्दै आएका छौँ”, उनले भने, “समुदाय सचेत र तयारी भए मात्र विपद्का समयमा कम क्षति हुन्छ ।”

प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले कर्णाली र पथरैया नदीको तटीय क्षेत्रका स्थानीयलाई बाढीका समयमा सुरक्षित रहने उपाय सिकाउन नमूना अभ्यास गरिएको बताइन् । उनले सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदायलाई सचेत गराइएको जनाउँदै तीन चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको बताइन् । 

कैलालीको टीकापुर नगरपालिकामा मात्रै समुदायस्तरमा ८० भन्दा बढी विपद् व्यवस्थापन समिति छन् । ती समितिमा खोज उद्धार र प्राथमिक उपचार कार्यदल पनि छन् । पालिकाले विभिन्न संघसंस्थाको सहयोगमा उनीहरूको क्षमता अभिवृद्धिलगायत कार्य गर्दै आएको छ । 

0 Comments