२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातामा दुई दिन बिदा नीतिमाथि पुनर्विचारको संकेत, कोशी सरकारद्वारा सुझाव आह्वान 

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने व्यवस्थामाथि पुनर्विचार गर्ने तयारी थालेको छ। यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरोकारवालासँग सुझाव माग्दै औपचारिक छलफल अघि बढाएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार हाल कायम दुई दिने साप्ताहिक बिदा प्रणालीबाट अपेक्षित रूपमा खर्च तथा इन्धन बचत हुन नसकेको प्रारम्भिक मूल्यांकन देखिएको छ। सोही कारण कार्यदक्षता र सेवा प्रवाहलाई ध्यानमा राख्दै विकल्पबारे समीक्षा आवश्यक भएको उनको धारणा छ।

उनले सामाजिक सञ्जालमार्फत सुझाव माग्दै, प्रदेश मातहतका कार्यालयलाई पुनः पुरानै अभ्यासअनुसार हप्तामा एक दिन (शनिबार) मात्र बिदा राखी बाँकी छ दिन काम गर्ने व्यवस्था उपयुक्त हुने कि नहुने भन्नेबारे प्रतिक्रिया दिन आग्रह गरेका छन्।

उनका अनुसार पाँच कार्यदिने प्रणालीले कामको समय व्यवस्थापनमा चुनौती देखाएको र आर्थिक बचत तथा सञ्चालन खर्च घटाउने लक्ष्यसमेत अपेक्षाकृत रूपमा हासिल हुन नसकेको देखिएको छ।

संघीय सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार सातामा दुई दिन बिदा र दैनिक कार्यालय समय परिवर्तन गर्ने व्यवस्था लागू गरेको थियो। पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई आधार मानेर उक्त निर्णय गरिएको थियो।

तर पछिल्ला दिनहरूमा उक्त व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ। सेवाग्राहीले सेवा प्राप्तिमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् भने अस्पतालको बहिरंग (ओपीडी) सेवा र शैक्षिक संस्थाहरूको पठनपाठनमा समेत असर परेको टिप्पणी भइरहेको छ।

विद्यार्थी, अभिभावक तथा सरोकारवाला पक्षबाट शैक्षिक क्यालेन्डर व्यवस्थापनमा कठिनाइ बढेको र पाठ्यक्रम पूरा गर्न दबाब सिर्जना भएको भन्दै व्यवस्था पुनः मूल्यांकन गर्नुपर्ने माग पनि उठ्दै आएको छ।

0 Comments