काठमाडौँ । एसियन गेम्स क्वालिफायर क्रिकेट प्रतियोगिताको उपाधिका लागि जारी खेलमा नेपालले हङकङबाट १८९ रनको लक्ष्य प्राप्त गरेको छ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन जोड्यो। यससँगै नेपालले उपाधि जित्न १८९ रनको चुनौती पाएको हो।
हङकङको इनिङमा अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए। त्यस्तै, शाहिद वसिफले ५५ रन र शिव माथुरले २६ रन बनाए। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका बलरमध्ये शेर मल्लले सर्वाधिक चार विकेट हात पारे। करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए।
जवाफी इनिङमा नेपालले लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ।







