काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार आज दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगन गरिएको बैठक पछि सूचना टाँस गरेर भोलीसम्मका लागि सारिएको हो।
यसअघि प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसद्मा व्यक्त गरेको भनाइलाई लिएर उत्पन्न विवादका कारण विपक्षी दलहरूले निरन्तर रूपमा बैठक अवरुद्ध गर्दै आएका थिए।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको जस्तो अभिव्यक्ति दिएको विषयमा विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले उक्त भनाइ संसद्मै उपस्थित भई स्पष्ट पार्नुपर्ने तथा सच्याउनुपर्ने माग अघि सारेका छन्।
विवाद समाधान नभएसम्म संसदीय कार्यसूची अगाडि बढ्न नदिने अडानका कारण पछिल्ला दिनहरूमा प्रतिनिधिसभा बैठक नियमित रूपमा प्रभावित हुँदै आएको छ।








