२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिव शिखर सहकारीका थप २१६ साना बचतकर्तालाई रकम फिर्ता

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा संलग्न शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज उनीहरूको बचत रकम भुक्तानी गरेको हो।

समितिका अनुसार सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त स्रोत प्रयोग गरी पीडित बचतकर्तालाई क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। हालसम्मको व्यवस्थाअनुसार साना बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको बताइएको छ।

पहिलो चरणमा तुलनात्मक रूपमा कम रकम बचत गर्ने व्यक्तिहरूलाई रकम फिर्ता गरिएको र आगामी चरणहरूमा बचतको आकारका आधारमा वर्गीकरण गरी अन्य बचतकर्ताको रकम फिर्ता गरिने समितिले जनाएको छ।

समस्याग्रस्त सहकारीअन्तर्गत करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको तथ्यांक सार्वजनिक गरिएको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् भने पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेका छन्।

समितिले पाँच लाख रुपैयाँसम्म बचत गर्नेलाई साना बचतकर्ता र सोभन्दा माथिको बचतलाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको स्पष्ट पारेको छ।

यसैबीच, हालसम्म शिव शिखर सहकारीका १ हजार ३ सय १३ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरिसकेको समितिले जानकारी दिएको छ।

0 Comments