१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीको तलब बढ्यो तर, वृद्ध भत्ता बढेन’-सांसद श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद गंगादेवी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा वृद्ध भत्ता नबढाइएकोमा सरकारको आलोचना गरेकी छन् । 

सोमबार प्रतिनिधि सभामा बोल्दै बजेटमाथि मन्त्रालयगत छलफलमा सहभागी हुने क्रममा उनले वृद्ध भत्ता बढाउनुको साटो स्वैच्छिक रूपमा त्याग गर्न भनिएको बताइन् । 

उनले सरकारले वृद्ध वृद्धाको अनुहार हेर्न पनि नचाहेको आरोप लगाइन् । ‘वृद्ध वृद्धाहरूको सम्मान त के अनुहार हेर्न पनि चाहँदैन । छोराछोरीहरूको अनुरोधमा मत दिने वृद्ध वृद्धालाई पनि थाहा भयो । कर्मचारीको तलब बढेको छ । तर, वृद्ध वृद्धको तलब बढेन । सय रुपैयाँ बढाएको भए पनि ऋण गरेर कति बढाओस् भन्ने हुन्थ्यो बुबा आमाहरूलाई,’ उनले भनिन्, ‘वृद्धहरूले बिगारेको भनेर नवयुवाहरूले बुढाहरूको कुरा बुझ्ने कुरै भएन । अझै स्वेच्छाले भत्ता त्याग्ने भन्ने नीति ल्याएको छ ।’  

गाउँघरमा वृद्ध बा आमालाई भत्ताको लोभ गर्ने बुढाबुढी भनेर व्यङ्ग्य गर्न थालिएको उनले बताइन् । ‘वृद्ध भत्ता र उपचार खर्च सुरु गर्ने एमाले हो । उसले गरेको काम किन गर्नु भनेर वृद्धाभक्त नबढाइएको घामजस्तै छर्लङ्‌ग छ । वृद्ध वृद्धाको सराप लागोस् त भन्दिनँ म, तपाईँहरू कहिल्यै बुढो हुन नपरोस्,’ सांसद श्रेष्ठले भनिन् । 

वृद्धाश्रम व्यवस्थापन भनेर केही पालिकामा बजेट विनियोजन गरियो, अरु पालिकामा किन गरिएन भन्ने प्रश्न उनले गरिन् ।

0 Comments