२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ : महानिरीक्षक कार्की

अ+ अ-

बिर्तामोड । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । 

झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताए । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा लागू औषधको जोखिमका दृष्टिले देशकै संवेदनशील जिल्लामध्ये एक रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै तहका निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालगायतले लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन् । 

लागू औषधको बढ्दो प्रयोग र त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीचको सहकार्यलाई अभियानले थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

0 Comments