१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव

अ+ अ-

जेनेभा । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ । वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गर्नुभएको छ । यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ । 

युरोप प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रम तथा लेबनान युद्धबिरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरे। 

गत शुक्रबार हुने तय भएको अनुवर्ती वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका चार सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको जनाइएको छ ।

अमेरिकाले शुक्रबार लेबनानमा युद्धबिराम पुनः लागू भएको घोषणा गरे पनि शनिबार इजरायली सेना र हिज्बुल्लाहबीच पुनः झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि युद्धबिराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

इरानको केन्द्रीय सैन्य कमाण्डले अमेरिकाले प्रारम्भिक सम्झौताको पालना नगरेको तथा दक्षिणी लेबनानमा इजरायलले निरन्तर युद्धबिराम उल्लंघन गरेको आरोप लगाउँदै ‘स्टे«ट अफ हर्मुज’मा जहाज आवागमनका लागि पुन:बन्द गरिने घोषणा गरेको छ ।

विश्व तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’ युद्धको अधिकांश अवधिमा इरानले अवरुद्ध गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानबीच भएको प्रारम्भिक सहमतिअनुसार ‘स्ट्रेट अफ हर्मुज’ खुला गरिएको थियो ।

इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डले अन्तरराष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन कायम रहेको र अमेरिकी सेना सतर्क अवस्थामा रहेको जनाएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले वार्ताबाट अन्तिम सहमति ननिस्किए अमेरिकाले हर्मुजमार्फत हुने आवागमनमा आफ्नै शुल्क प्रणाली लागू गर्न सक्ने चेतावनी दिएका छन् । 

इरानी प्रतिनिधिमण्डलमा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सहभागी रहेका छन् । । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएइले प्रारम्भिक सम्झौताअनुसार अर्को पक्षले आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने माग वार्तामा उठाइने बताए।

अमेरिकी वार्ताकार जारेड कुशनर र स्टिभ विटकफ भने वार्तास्थलमा पुगेर प्राविधिक विषयमा छलफल गरिरहेको जनाइएको छ ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनीर पनि उच्चस्तरीय वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको जनाएको छ । वार्ताको मुख्य उद्देश्य प्रारम्भिक सहमतिबाट समाधान हुन बाँकी विषय, विशेषगरी इरानको आणविक कार्यक्रमबारे दुई महिनाको वार्ता प्रक्रिया सुरु गर्नु रहेको बताइएको छ ।

यसैबीच दक्षिणी लेबनानमा इजरायल र हिज्बुल्लाहबीच तनाव कायमै रहेको छ । इजरायली सेनाले झडपमा एक सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी–इरान सहमतिपछि यो पाँचौँ सैनिक मृत्यु हो ।

इजरायली सेनाले हिज्बुल्लाहले दक्षिणी लेबनानस्थित आफ्ना सैनिकमाथि ५० भन्दाबढी क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ । हिज्बुल्लाहले भने युद्धबिरामको आडमा इजरायलले दक्षिणी लेबनानतर्फ घुसपैठ प्रयास गरेपछि आफूले प्रतिकार गरेको जनाएको छ ।

लेबनानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली हवाई आक्रमणमा करिब २० स्थान प्रभावित भएका छन् । आक्रमणमा ३० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्मको द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको छ ।

दुवै पक्षले युद्धबिराम उल्लङ्घनको जिम्मेवारी एकअर्कामाथि थोपरेका छन् । दक्षिणी लेबनानका विस्थापित स्थानीयवासीले उक्त क्षेत्रमा अझै त्रास कायम रहेको बताएका छन् ।

0 Comments