२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति थापा भन्छन्:‘नेपाली काँग्रेसले जस्तो नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने गल्ती रास्वपाले नगरोस्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

 सभापति थापाले रास्वपाका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे । “सुशासन तपाईँहरूको मुख्य मन्त्र हो,” उनले भने, “हामीले विगतमा हाम्रा नेतालाई ‘भगवान्’ र ‘बा’ बनाएर गल्ती गरिसक्यौँ । पछि सुधारको प्रयास त गर्‍यौँ, तर निकै ढिला भइसकेको थियो । त्यसैले तपाईँहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुहोला ।” उनले चितवन सहरभरि रास्वपाको निलो झन्डा फहराएको र चार हजार प्रतिनिधि बसेर देशको भविष्यबारे छलफल गर्न लागेको क्षण सुखद् रहेको भन्दै महाधिवेशनको सफलताको कामना गरे ।

नयाँ शक्तिले विगतका सबै उपलब्धिलाई नजरअन्दाज गर्न नहुने भन्दै उले इतिहासको जगलाई भुल्न नहुने प्रष्ट पारे। “निलो झन्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनी दिनुहोला,” सभापति थापाले भने,  

मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको चर्चा गर्दै उनले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली काँग्रेसले सधैँ सशक्त प्रश्न उठाइरहने प्रष्ट पारे । सबै राजनीतिक दलले आ-आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुनसक्ने उनले उल्लेख गरे।

Leave a Reply