१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

अ+ अ-

भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो । 

नगरपालिकाले चालु आवको ११ महिनामा रु आठ करोड ६९ लाख २७ हजार ६९० राजस्व संकलन गरेको राजस्व शाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् । शाखा प्रमुख केसीका अनुसार चालू आर्थिक वर्षमा रु नौ करोडभन्दा बढी राजस्व संकलन हुनसक्ने अनुमान गरेका छन् ।

नगरपालिकाको संकलन भएको राजस्वको आधा हिस्सा सम्पत्ति कर रहेको छ । सम्पत्ति करबाट रु चार करोड १२ लाख ३९ हजार ५२० राजस्व संकलन भएको छ भने पर्यटन शुल्कबाट रु एक करोड ३२ लाख दुई हजार ८४० संकलन गरेको छ । 

“पर्यटन शुल्क टीकापुर पार्कको हो । पार्क अवलोकन गर्न आएका पर्यटकबाट संकलन भएको यो अहिलेसम्मकै ठूलो रकम हो”, उनले भने, “यस वर्ष पार्क प्रवेश शुल्क वृद्धि भएका कारण यति राजस्व पर्यटन शुल्कबाट संकलन भएको हो ।” जेठसम्म दुई लाखभन्दा बढी पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका छन् ।

नगरपालिकाले २० वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । सरकारी सम्पत्तिको बहालबाट प्राप्त हुने आय भने नगरपालिकाको निकै घटेको छ । नगरपालिकाको भवन बाहिर रहेका सपिङ कम्प्लेक्स भवनबाट मासिक लाखौँ भाडाबापतको रकम संकलन हुनुपर्ने हो । तर, जेठ महिनासम्म रु २३ लाख २६ हजार ६६१ मात्रै संकलन भएको छ । जहाँ अहिलेसम्म झण्डै रु तीन करोड बक्यौता बाँकी छ ।

व्यापारी र नगरपालिकाबीच भाडाको विषयमा चलिरहेको द्वन्द्वले व्यापारीले भाडा तिर्न छोडेका छन् । सम्झौता अवधि सकिएका व्यापारीहरूसँग  नगरपालिकाले  नयाँ सम्झौता पनि गर्न सकेको छैन । अहिले अधिकांश व्यापारी सम्झौताबिना नै सपिङ कम्प्लेक्सको सटरमा बसिरहेका छन् ।

नगरपालिकामा आन्तरिक राजस्वका अन्य थुप्रै स्रोत भए पनि त्यसको परिचालन हुन नसकेको स्थानीयको गुनासो छ । “बर्सेनि करको दर बढाएर राजस्वको लक्ष्य हासिल गर्नुभन्दा करका दायरा बढाउन नगरपालिका अग्रसर हुनुपर्छ”, स्थानीय मनोज रावल भन्छन्, “अहिले पनि हामी राजस्व तिर्न तयार छौँ, हाम्रो दर्ता र नवीकरण प्रक्रिया नगरपालिकाले सुरु गर्नुपर्ने भनेर एक हजारभन्दा बढी अटो रिक्सा प्रतीक्षामा छन् । तिनको व्यवस्थापन गर्नसके अझै राजस्व बढाउन सकिन्थ्यो ।”

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडले पनि राजस्वको लक्ष्य हासिल गर्नु ठूलो कुरा नभई आवश्यकता र औचित्यका आधारमा करको राजस्वका दर बाँडफाँट हुनुपर्ने बताए । उनले राजस्वका स्रोतको पहिचान गर्दा स्थानीयको भावनाको सम्मान गर्दै वातावरण अनुकूल दरको निर्धारण गर्दा राम्रो हुने बताए।

0 Comments