१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका १० कर्मचारी

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा १० कर्मचारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विभागका महानिर्देशक अर्यालसहित विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुस्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत भुक्तानी लिइ दिइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आयोगले हिजो मूहल्बअर आइडी सर्भिसेस (जीएमबीएच) एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने जरहार्ड माउरर, प्याभल रेकिइ र मणिन्द्र राज मल्लविरुद्ध एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भेरिडोस जीएमबीएच एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने फेबिओला बेलरशेम, फ्लोरियन प्याक्लिन र सिद्धार्थ थापाविरुद्ध आठ अरव २२ करोड ३५ लाख चार हजार ४४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

0 Comments