२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

अ+ अ-

भरतपुर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेकी छन् । मंगलबार सांसद हरि ढकालसहित निरीक्षणमा अस्पताल पुगेकी मन्त्री मेहताले अस्पतालमा प्राविधिक र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

उनले स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्दै जनगुनासो नआउने गरी काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिइन् । नागरिकले सहज रूपमा उपचार पाउने व्यवस्था गर्नु सरकारको दायित्व रहेको भन्दै मन्त्री मेहताले स्वास्थ्य बिमाबाट गुनासो नआउने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा. अङ्कुर पौडेलले अस्पतालमा सिटिस्क्यान मेसिन आवश्यक रहेको भन्दै बजेटको व्यवस्था गरिदिन अनुरोध गरे । उनले चिकित्सक सहितको जनशक्ति व्यवस्थापन र भौतिक संरचना निर्माणमा पनि मन्त्रालयले सहयोग गर्ने अपेक्षा राखे । प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल भइरहेको सांसद ढकालले बताए । अस्पतालमा दैनिक एक हजार ३०० भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।

0 Comments