६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो’ : मुख्यमन्त्री कार्की

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका  छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यको आधारमा सशक्त रूपमा अघि बढ्नु पर्ने धारणा राखे ।

उनले आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिए । उनले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गर्दै जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेस जगत मर्यादित हुनु पर्ने बताए । मुख्यमन्त्री कार्कीले आगामी साउनदेखि बजेट एवं कार्य विधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी दिए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, डा. महेन्द्र विष्ट र शिव गाउँलेलाई सम्मान गरिएको थियो । महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचार संहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घका कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

0 Comments