१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना पाएको ‘प्रचण्ड’को दाबी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलन समाप्त भएपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले प्राप्त गरेको दाबी गरेका छन्।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भदौ २६ गते राति शीतल निवासमा बसेर मुलुकमा थप राजनीतिक अस्थिरता नआओस् भन्ने उद्देश्यले छलफल गरिएको बताए। त्यतिबेला देशको राजनीतिक दिशाबारे विभिन्न अड्कलबाजी र बहस चलिरहेको उनको भनाइ थियो।

दाहालले आफूहरू संसद् विघटनको पक्षमा नरहेको दोहोर्‍याउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्राचार गरेको दाबी गरे।

सोही पत्रपछि अन्तरिम सरकार गठनको वैधानिक आधार बनेको निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ थियो।

उनले अन्तरिम सरकार गठनको प्रस्ताव आफ्नो पक्षबाट नआएको स्पष्ट पार्दै मुलुकलाई थप राजनीतिक संकटतर्फ जान नदिन त्यसलाई स्वीकार गरिएको बताए।

संसद् विघटनको पक्षमा आफ्नो दल नरहेको उल्लेख गर्दै नयाँ प्रधानमन्त्रीको अनुमोदन संसदबाटै हुनुपर्ने अडान अन्तिमसम्म कायम राखिएको उनले बताएका छन्।

0 Comments