काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका ढुंगानालाई केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले ढुंगानालाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।






