२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बृहत्तर जनकपुर क्षेत्रका गुठी सम्पत्ति संरक्षणका लागि ९ सदस्यीय कार्यान्वयन समिति गठन

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्रका गुठी जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।

जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरसहित प्रमुख मठ-मन्दिर तथा गुठी सम्पत्तिको संरक्षण र व्यवस्थित व्यवस्थापनका लागि समिति गठन गरिएको हो।

समितिले यसअघि तयार भएका विभिन्न अध्ययन तथा प्रतिवेदनमा उल्लेख गरिएका सुझाव र कार्ययोजनाको कार्यान्वयनमा सहजीकरण गर्नेछ।

विशेष गरी उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२, सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग २०७६ लगायत अन्य प्रतिवेदनमा औँल्याइएका विषयलाई कार्यान्वयनको दायरामा ल्याउने जिम्मेवारी समितिलाई दिइएको छ।

सरकारले समिति गठनमार्फत बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएका गुठी जग्गाको संरक्षण, व्यवस्थापन र उपयोग प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ।

विगतमा विभिन्न कार्यदल तथा आयोगले दिएका सुझावहरूको पुनरावलोकन गरी आवश्यक कदम अघि बढाउने तथा गुठी सम्पत्तिमाथिको अनधिकृत प्रयोग र अतिक्रमण नियन्त्रणमा समेत समितिले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply