काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी हुन्।
बैठकमा महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनसमेत पेश गरिएको छ। उक्त प्रतिवेदन पनि प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै संसद्मा प्रस्तुत गरेकी हुन्।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक निकाय तथा सम्बन्धित कार्यालयका वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान रहेको छ।







