२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचारका लागि नभई सेवाका लागि जिम्मेवारी सम्हालेको गृहमन्त्री गुरुङको दाबी 

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफू सार्वजनिक प्रदर्शन वा प्रचारमुखी गतिविधिका लागि नभई देश र नागरिकको सेवाका लागि सरकारमा रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै गृहमन्त्री गुरुङले जनताको हितका लागि व्यवहारिक काम आवश्यक रहेको उल्लेख गरे। उनले संसद्‌मा आवाज उठाउनु मात्र पर्याप्त नहुने भन्दै प्रत्यक्ष रूपमा जनताको सेवामा खटिनुपर्ने धारणा व्यक्त गरे।

गुरुङले विगत लामो समयदेखि जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त हुँदै आए पनि अब त्यसलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफूले गर्ने कामलाई केही पक्षले ‘स्टन्टबाजी’ को रूपमा व्याख्या गरे पनि आफ्नो उद्देश्य त्यस्तो नभएको स्पष्ट पारे।

उनले गृहमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्ने विषयमा टोली बनाएर छलफल भइरहेको जानकारी दिँदै सरकार समस्या समाधानका लागि योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।

प्रतिनिधिसभामा बोल्ने क्रममा उनले घटनास्थल र अस्पतालमा पुगेर पीडित पक्षको अवस्था बुझ्ने विषयमा पनि प्रश्न उठाए। उनले संसद्‌मा सरकारको आलोचना गर्नेहरूले व्यवहारिक रूपमा कति सक्रियता देखाए भन्ने विषयमा समेत जवाफ माग गरे।

Leave a Reply