काराकस । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।
गत जुन-२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाएका छन् । उनका अनुसार थप हजारौँ मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यद्यपि उद्धार टोलीहरूले अव जीवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् ।
पछिल्लो समयमा भेनेजुएलाले भूकम्पीय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेको आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ ।
यसैबीच संयुक्त राष्ट्र संघले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।
भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेका छन् ।







