काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताइएका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम्वासी परिवारसँगको छलफलमा उनले सुकुम्वासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन् ।
“तपाईँहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्यो ।”
सुकुम्वासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।







