काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा गोपनीयता र मानवीय मर्यादाका विषयलाई विशेष महत्वका साथ समावेश गर्नुपर्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा आयोजित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सचिव ढुंगानाले यस्तो धारणा राखेका हुन् ।
बैठकमा सचिव ढुंगानाले प्रचलित कानूनबमोजिम अधिकार प्राप्त अधिकारीलाई उपलब्ध गराउनुपर्ने अवस्थाबाहेक अन्य समयमा प्रयोगशालाको परीक्षण प्रतिवेदन र सम्बन्धित सूचना गोप्य राख्नुपर्ने कानूनी व्यवस्था आवश्यक रहेको उल्लेख गरे ।







