२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण सुगरका सञ्चालक पक्राउ, रकम नपाएका किसानलाई जाहेरी दिन प्रहरीको आग्रह

अ+ अ-

काठमाडौँ । सर्लाही प्रहरीले धनकौल गाउँपालिकास्थित अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि. बाट उखुको भुक्तानी लिन बाँकी रहेका सबै किसानलाई आफूले पाउनुपर्ने रकमको विवरण, सम्बन्धित कागजात र प्रमाणसहित जाहेरी दर्ता गराउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, उक्त उद्योगले लामो समयदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको, पटक-पटक किसान आन्दोलनमा उत्रिएको तथा उद्योग सञ्चालकले भुक्तानीको मिति पटक-पटक सारेको विषयमा अनुसन्धान भइरहेको छ।

यसै विषयसँग सम्बन्धित उजुरीका आधारमा उद्योगका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सोही प्रकरणमा उद्योगका सञ्चालक विनोद साह कलवार र सैलेन्द्र गुप्तालाई असार २४ गते पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए।

प्रहरीले अन्नपूर्ण सुगरबाट उखुको भुक्तानी लिन अझै बाँकी रहेका किसानलाई आफूले पाउनुपर्ने रकमको विवरण, सम्बन्धित कागजात तथा प्रमाणसहित यथाशीघ्र जिल्ला प्रहरी कार्यालय, मलंगवा (सर्लाही)मा उपस्थित भई जाहेरी दर्ता गराउन अनुरोध गरेको छ।

डीएसपी गौतमका अनुसार, किसानबाट प्राप्त हुने थप जाहेरी र प्रमाणका आधारमा अनुसन्धानलाई थप प्रभावकारी बनाइनेछ। भुक्तानी नपाएका किसानलाई ढिलाइ नगरी कानुनी प्रक्रियामा सहभागी हुन पनि उनले आग्रह गरेका छन्।

उखु किसानको भुक्तानी विवादका कारण अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज विगतदेखि नै चर्चामा रहँदै आएको छ। किसानले पटक-पटक आन्दोलन गर्दै समयमै भुक्तानीको माग गर्दै आएका छन्। उद्योगले विभिन्न समयमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भए पनि ती प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नभएको किसानहरूको आरोप छ।

0 Comments