काठमाडौँ । पूर्वाधार विकास कार्यालयले दैनिक ज्यालादारीमा कार्यरत करार कर्मचारीहरूलाई हटाउने भएको छ ।
मधेश प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय बाराले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई कामकाजबाट हटाउने निर्णय गरेको हो । कार्यालयले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ मा दैनिक ज्यालादारीमा कार्यरत इन्जिनियर, सब–इन्जिनियर, सिनियर सुपरभाइजर, जुनियर सुपरभाइजरलगायत प्राविधिक जनशक्तिलाई कार्यालयको कामकाजबाट हटाइएको जानकारी दिएको हो ।








