३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्राउ परेका विद्यार्थी नेताको रिहाइको माग गर्दै ११ विद्यार्थी संगठनको संयुक्त वक्तव्य

अ+ अ-

काठमाडौँ । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न ११ वटा विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ६ जना विद्यार्थी नेता पक्राउ परेपछि विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन्।

विद्यार्थी नेताहरूले बुधबार बिहान ‘राज्य आतंक बन्द गर’ भन्ने नारासहित सिंहदरबार गेटअघि सांकेतिक प्रदर्शन गरेका थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण विरोधमा उत्रिएका विद्यार्थीमाथि गरिएको धरपकडको आलोचना गर्दै आलोचनात्मक आवाजलाई दबाउने प्रयास लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको उल्लेख गरिएको छ। राज्यद्वारा सिर्जित दमनको सांकेतिक विरोध गर्न खोज्दा विद्यार्थीमाथि नियन्त्रण र धरपकड गरिएको भन्दै संगठनहरूले त्यसप्रति असहमति जनाएका छन्।

विद्यार्थी संगठनहरूले पक्राउ परेका सबै नेताहरूलाई तत्काल रिहा गर्न आग्रह गर्दै दमनात्मक गतिविधि नरोकिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन्।

संयुक्त वक्तव्यमा नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुकी महासचिव अन्जना सिवाकोटी, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठलगायत ११ विद्यार्थी संगठनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको जनाइएको छ।

0 Comments