३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय चार विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा जारी ११४ समकक्षता खारेज

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट अध्ययन पूरा गरेका ११४ जनालाई यसअघि प्रदान गरिएको शैक्षिक समकक्षता खारेज गरेको छ।

केन्द्रले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार समकक्षता रद्द गर्नुअघि सम्बन्धित व्यक्तिलाई प्रमाण तथा आधार पेस गर्ने अवसर उपलब्ध गराउन ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। तोकिएको अवधिभित्र प्राप्त कागजातका आधारमा समकक्षता कायम राख्न पर्याप्त आधार नदेखिएकाले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ अनुसार ती समकक्षता पत्र रद्द गरिएको जनाइएको छ।

रद्द गरिएका समकक्षतामध्ये भारतको मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट उपाधि हासिल गरेका १३ जना, मणिपुरस्थित सङ्गाई इन्टरनेसनल युनिभर्सिटीका ९८ जना, झारखण्डको प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयका एक जना तथा टेक्नो ग्लोबल विश्वविद्यालयका दुई जना रहेका छन्।

यसअघि भारतको सम्बन्धित सरकारी निकायले ती विश्वविद्यालयबाट प्रदान गरिएका केही शैक्षिक योग्यताको वैधानिकतामाथि प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले आफूबाट जारी भएका समकक्षता पत्रको अवस्थाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो।

छानबिन प्रक्रियाका क्रममा केही विद्यार्थी सम्पर्कमा आएर आवश्यक विवरण उपलब्ध गराए पनि प्रस्तुत प्रमाणका आधारमा समकक्षता यथावत् राख्न सकिने अवस्था नदेखिएकाले अन्ततः सम्बन्धित समकक्षता पत्र खारेज गरिएको केन्द्रले जनाएको छ।

0 Comments