३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

अ+ अ-

एजेन्सी । अमेरिकाले साउदी अरेबियाको हवाई सुरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले करिब एक अर्ब ९६ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उक्त बिक्रीले खाडी क्षेत्रमा प्रमुख गैर–नाटो साझेदार साउदी अरेबियाको सुरक्षा सुदृढ बनाउँदै अमेरिकी विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यलाई समेत सहयोग पुग्ने जनाएको छ ।

स्वीकृत प्याकेजअन्तर्गत साउदी अरेबियाले २० हजारसम्म उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र त्यससँग सम्बन्धित हतियार प्राप्त गर्नेछ ।

अमेरिकी नौसेनाका अनुसार यो प्रणालीले नजिकको युद्धमा अतिरिक्त क्षति कम गर्दै लक्ष्यमाथि प्रभावकारी आक्रमण गर्न सहयोग पुर्‍याउँछ । यस सम्झौताको प्रमुख ठेकेदार न्युजर्सीस्थित बीएई सिस्टम्स रहने विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रस्तावित बिक्रीले साउदी अरेबियाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौती सामना गर्ने क्षमता बढाउनुका साथै अमेरिकी सेना तथा अन्य क्षेत्रीय र नाटो साझेदार सेनासँगको अन्तरक्रियात्मक क्षमता पनि सुदृढ बनाउनेछ । मन्त्रालयले यस सम्झौताले अमेरिकी रक्षा तयारीमा कुनै नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ ।

यो निर्णय साउदी अरेबिया र यमनका इरान समर्थित हुथी विद्रोहीबीच तनाव पुनः चुलिएका बेला सार्वजनिक भएको हो । सोमबार हुथीहरूले दक्षिणी साउदी सहर आभाको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेका थिए । यमन सरकारले इरानी सर्वोच्च नेताको अन्त्येष्टिबाट हुथी प्रतिनिधिमण्डल बोकेर फर्किरहेको विमानलाई मोड्न सानो विमानस्थलमा आक्रमण गरेपछि उक्त क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । हुथीहरूले भने त्यस आक्रमणको जिम्मेवारी रियादमाथि लगाएका छन् ।

यसैबीच, युद्ध विराम भङ्ग भई नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि अमेरिकाले इरानमाथिको सैन्य दबाबसमेत थप तीव्र बनाइरहेको सन्दर्भमा साउदीलाई गरिएको यो हतियार बिक्रीलाई क्षेत्रीय सुरक्षा रणनीतिको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

0 Comments