३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा नयाँ सरकार गठनको पहल गर्ने नेकपाको निर्णय, मुख्यमन्त्रीलाई बाटो खुला गर्न आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल अघि बढाउने निर्णय गरेको छ।

प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँग आवश्यक छलफल र संवाद गर्ने निर्णय गरेको हो।

बैठकले नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई पदबाट मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ।

नेकपाले वर्तमान सरकारले प्रदेशको दीर्घकालीन प्रभाव पार्ने खालका निर्णय नगर्न पनि आग्रह गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रदेश सभामा पेस गरेपछि सत्ता साझेदार दलहरूबीच विवाद चर्किएको थियो। बजेटको विषयलाई लिएर उत्पन्न असहमतिकाबीच मुख्यमन्त्री शाहले बुधबार एमालेका मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएका थिए।

मन्त्रीहरू हटाइएपछि एमालेले सोही दिन प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाहले नेकपासँग बजेट पारित गराउन सहयोगका लागि आग्रह गरेका थिए। तर नेकपाले वर्तमान अवस्थामा बजेट पारित प्रक्रियामा सहयोग गर्न नसकिने धारणा सार्वजनिक गर्दै नयाँ राजनीतिक समीकरणका लागि पहल गर्ने निर्णय गरेको हो।

0 Comments