काठमाडौँ । चालु आर्थिक वर्ष २०८३ असार ३२ गतेसम्म देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुसार देशभर १३,३६,५६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ८४,२०,६८ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २,७६,३८७ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १,५१,६१९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भई ५४.९ प्रतिशत प्रगति भएको छ। गत वर्ष सोही अवधिमा यहाँ ६१.७९ प्रतिशत रोपाइँ भएको थियो।
मधेश प्रदेशमा ३८,२४,३३ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये २,२१,५४७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यहाँ रोपाइँको प्रगति ५७.९ प्रतिशत रहेको छ भने गत वर्ष सोही अवधिमा ४६.८३ प्रतिशत रोपाइँ भएको थियो।
बागमती प्रदेशमा १,१४,५२४ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये ६५,४४६ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भई ५७.१ प्रतिशत प्रगति भएको छ। गत वर्ष सोही अवधिमा ८७.१९ प्रतिशत रोपाइँ भएको थियो।
गण्डकी प्रदेशमा ९३,६०६ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये ६१,७२७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यहाँ ६५.९ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष सोही अवधिमा ७९.२८ प्रतिशत रोपाइँ भएको थियो।
लुम्बिनी प्रदेशमा ३०,१३,७२ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये १७,९६३१ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भई ५९.६ प्रतिशत प्रगति भएको छ। गत वर्ष सोही अवधिमा यहाँ ८७.९३ प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा ४३,२९० हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये २६,०६७ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यहाँ ६०.२ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष सोही अवधिमा ८७.९३ प्रतिशत रोपाइँ भएको थियो।
सुदूरपश्चिम प्रदेशमा १,५४,९५० हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये १,३६,०३२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यहाँ ८७.८ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष सोही अवधिमा ९६.९९ प्रतिशत रोपाइँ भएको थियो।
मन्त्रालयका अनुसार गत वर्ष २०८२ श्रावण ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष असार ३२ गतेसम्मको तथ्यांकले गत वर्षको तुलनामा धान रोपाइँको समग्र प्रगति कम रहेको देखाएको छ।







