१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलो, युटुबर ! सेवाग्राहीको सन्तुष्टि हेर्ने कि कर्मचारीको ड्रेस ?

अ+ अ-

पछिल्लो समयमा नेपालको पत्रकारिता कथित युटुबरका कारण ओझेलमा परेको छ भन्न कठिन छैन। पछिल्लो पुस्ताले रेडियो, टेलिभिजन, नाम चलेका विश्वसनीय अनलाइन पोर्टल वा दैनिक अखबारमा आँखा डुलाउने जाँगर गर्दैन। सामाजिक सञ्जालमा आउने रिल्सवाला समाचार वा टिकटकवाला समाचारलाई नै सत्य ठान्ने र सोहीअनुसार धारणा बनाउने जमातको बोलवाला छ। न त समाचारमा सत्यता, आधिकारिकता वा विश्वसनीयता नै हेरिन्छ, न त समाचार सङ्कलनकर्ताको पृष्ठभूमि नै। बस्, सामाजिक सञ्जालमा समाचार आउनुपर्‍यो, शीर्षक एउटा, भित्री खुराक अर्कै, समाजमा बुझाइ अर्कै अनि पत्रकारिताको परिभाषा पनि अर्कै।

नेपालमा राज्यको चौथो अङ्गका रूपमा पत्रकारिता क्षेत्रलाई लिइन्छ। तर चौथो अङ्गको अङ्गभङ्ग गर्ने काम कथित युटुबरहरूले गर्दै आएका छन्। यसबारे आवाज उठाउनुपर्ने समय आएन र ? समाजमा भएका घटनालाई सही तरिकाले उजागर गरी आम नागरिकलाई सत्य–तथ्य समाचारमार्फत सुसूचित गराउने दायित्व सञ्चारकर्मीको हो। आफूलाई कथित सञ्चारकर्मीको ट्याग लगाएर कर्मचारीको जहाँपनि हुर्मत लिन खोज्ने कस्तो पत्रकारिताको विकास गर्‍यौँ हामीले ? केही समयअघिका दर्जन हाराहारीका घटनाले सिङ्गो पत्रकारिता क्षेत्रको धज्जी उडाएको छ र समग्र कर्मचारीलाई बदनाम गराउने कार्य गरेको छ। सोहीमध्येका केही घटनाहरू यहाँ उजागर गर्न खोजिएको छ।

घटना १ :

दुईजना महिला कर्मचारीहरू बाटोमा स्कुटरमा हिँडिरहेका हुन्छन्। केही युटुबरले बाटोमै बुम तेर्स्याउँछन्। ती महिलाहरूको पोशाक देखेर थाहा पाउँछन् कि उनी पक्कै सरकारी कर्मचारी हुन् भनेर। बीच बाटोमा स्कुटर रोकेर ती महिला कर्मचारीलाई यति नराम्ररी प्रश्न सोधिएको छ कि स्वयम् सेतो सर्ट पनि लाजले कालो–निलो भयो होला जस्तै।

मेरो तीन ठाउँमा ड्युटी छ, हाजिर एक ठाउँमा हुन्छ, फिल्डमा हिँडिरहनुपर्छ भनेर ती महिलाले जवाफ दिइरहेकी छन्। तर ती महान् युटुबर एउटा फरार अभियुक्तलाई पक्रिएझैँ कड्किरहेका छन्।

“तपाईंले हामीलाई नियम सिकाउने ? तपाईंको ड्युटी टाइम यही हो ? तपाईंले हाजिर कति बजे लगाउनुभयो ? तपाईंको बोल्ने तरिका यही हो ?”

ती महोदयलाई मेरो एउटै जिज्ञासा छ— अनि तपाईंको प्रश्न सोध्ने तरिका चाहिँ यही हो ?

युटुबरलाई मेरो प्रश्न, ती महिला यदि तपाईंकी दिदी–बहिनी वा कुनै नाताभित्रकी भएको भए र अरू कसैले यसरी बीच बाटोमा प्रश्न सोधेको भए तपाईंलाई कस्तो लाग्थ्यो ? अरूका छोरी–चेली त जो भए पनि तपाईंलाई फरक परेन। तर आफ्नी आमा, दिदी–बहिनीलाई बीच बाटोमा गाडी रोकेर त्यस्तो हर्कत गरेको देखे पनि ती महिलाले बेलुका आफ्ना आफन्तलाई जवाफ कसरी र कुन तरिकाले दिएकी होलिन् ? यो विषयमा सोच्नुभयो ? भाइरलको चक्करमा मानवीयता हराएको पत्तो पाउनुभएन।

घटना २ :

एउटा सरकारी कार्यालयमा बिहान ९:०५ मा युटुबर महोदय प्रवेश गर्छन्। कर्मचारी भर्खर कार्यालय आएका छन्, कोही आउँदै छन्। उनीहरूलाई अभियुक्तझैँ बुम तेर्स्याउँदै प्रश्न गर्छन्, “तपाईंले कति बजे हाजिर गर्नुभयो ?” उत्तरदाताले ९ बजे भन्छन्। युटुबर पत्याउँदैनन्, “मेरो घडीमा ९:०३ भइसक्यो त।”

एकजना महिला कर्मचारी काम गरिरहेकी हुन्छिन्। उनी भएको ठाउँमा बुम लिएर जान्छन्। निकै हतारमा प्रश्न सोध्छन्, “तपाईंलाई जाडो भएको छ हो, म्याम ?” पातलो निलो ज्याकेट लगाएकी ती कर्मचारी असहज मान्दै जवाफ फर्काउँछिन्, “जाडो भएको छैन, सर।”

“यो तपाईंको ड्रेस हो ?”

उनले ड्रेसकै ज्याकेट लगाएकी थिइन्।

“खै, तपाईंको ज्याकेटको चेन खोल्नुस् त…”

ती कर्मचारीले ज्याकेट खोल्छिन्। सेतो रङको सर्ट लगाएकी हुन्छिन्। ती युटुबरले फेरि सोध्छन्, “तपाईंको ड्रेस यही हो ?” ती कर्मचारीले “हो” भन्छिन्। ती युटुबर झनै चर्को स्वरमा बोल्छन्, “कसले भन्यो यो ड्रेस हो भनेर ? बजारिया सेतो लुगा लगाउँदैमा ड्रेस हुन्छ ?”

पुरुषले सेतो सर्ट र निलो पाइन्ट तथा महिलाले सेतो सर्ट वा कुर्था र निलो पाइन्ट वा सुरुवाल तथा आकाशे रङको कुर्ता र बैजनी रङको सुरुवाल लगाउने नियम छ। कार्यालयको औपचारिक पोशाक लगाएर कार्यालयमा आएकी महिला कर्मचारीलाई “ज्याकेट खोल्नुस्, तपाईंको यो रङ मिलेन, सेतो भन्दैमा हुन्छ ? निलो अलि गाढा निलो होइन र ? यस्तो निलो पनि हुन्छ ?” भन्दै प्रश्न गरिन्छ।

आफूलाई “हामी मिडियाकर्मी हौँ” भन्ने अनि यस किसिमको पत्रकारिता गर्दा आफैँलाई लज्जाबोध हुँदैन र, महोदय ? यो कुन पत्रकारिताको सिकाइ हो ? पत्रकारले कहिलेदेखि सरकारी कर्मचारीको पोशाकको रङ निर्धारण गर्ने जिम्मा पाएका हुन् ? यो विषय अनुत्तरित नै छ।

छेउमै अर्का कर्मचारी काम गरिरहेका हुन्छन्। उनलाई सोधिन्छ, “हेलो सर, तपाईंको कार्ड खै ?”

ती कर्मचारीले भन्छन्, “बाहिर जाँदा, मिटिङमा जाँदा आवश्यक परे लगाउने हो। यही टेबुलमा छ कार्ड। मेरो नेमप्लेट छ त टेबुलमा, यहाँ बस्ने म हो भन्ने प्रमाण होइन हो ?”

त्यसपछि बुमवाला झनै ठूलो स्वरमा बोल्छन्, “तपाईंले यो कार्ड लगाउनुस् न, बल्ल म जान्छु। तपाईंको नेमप्लेटमा फोटो टाँसेको छ ? यो कुर्सीमा जो पनि बस्न सक्छ नि। तपाईंको पाइन्टको रङ मिलेन, कति खानुहुन्छ पोशाक भत्ता ?”

ती कर्मचारीको पोशाकको रङ र उनले दिएको सेवाको मापन कसरी गर्न सक्नुहुन्छ, महोदय ?

घटना ३ :

एउटा कार्यालयमा बुम लिएका कथित युटुबरहरू छिर्छन्। उनीहरूका लागि कार्यालयको कुर्सी खाली हुनु भनेको अपराधी फेला पार्नुजस्तै हो। युद्ध जितेजसरी प्रश्न सोध्छन्, “यो कुर्सी कसको हो ? यो किन खाली छ ?”

छेउमै कर्मचारीले जवाफ दिन्छिन्, “उहाँ फलानो कर्मचारी हो। आज अफिस आउँदै हुनुहुन्थ्यो। बीच बाटोमा उहाँको इमर्जेन्सी काम परेछ। आज आउन सक्दिन भन्नुभयो। भोलि भैपरी बिदा लिनुहुन्छ।”

त्यसपछि ती युटुबर चकित हुन्छन्।

“ए, तपाईंहरूलाई कति सजिलो है ? कुर्सी खाली भएपछि भैपरी बिदा हाल्ने, यस्तो पनि बिदा छ ?”

ए युटुबर महोदय, तपाईंले पहिला निजामती सेवा ऐन–नियम वा जहाँ जुन कार्यालयमा बुम तेर्साउन जाँदै हुनुहुन्छ, ती संस्थाका विनियमहरू पढेर केही थाहा पाएर जानुस्। के–के बिदा पाउँछन्, कसरी पाउँछन्, कहिले–कहिले पाउँछन् कर्मचारीले भन्ने कुरा तपाईंहरूलाई थाहा नहुँदैमा कर्मचारीले नपाउने भन्ने पनि हुन्छ र ? भैपरी आउने बिदा भनेकै आकस्मिक रूपमा केही आइपर्दा लिनका लागि व्यवस्थित गरिएको हो। कर्मचारी पनि मान्छे हो, उसलाई समस्या पर्न नमिल्ने भन्ने हुन्छ ? भैपरी आउने बिदा आधा दिन पनि लिन मिल्छ। यो कुरा पनि थाहा पाइराख्नुस्।

बिहान सात बजेदेखि मिटिङमा आएकी कर्मचारीलाई नौ बजे “तपाईंको आईडी कार्ड खै ?” भन्दै हप्काउँछन्। ती कर्मचारीले भनिरहेकी छन्, “म सात बजेदेखि कार्यालयमा छु। ड्रेस त बिहानै लगाएर आएँ। भर्खर कार्यालय समय हुँदैछ। कार्ड लगाउँला नि।” तर बुमवाला “किन नलगाएको ?” भन्दै कड्किरहेका छन्।

उनको खुराक भाइरल हुनुछ, आफूलाई समाजको अब्बल दर्जाको पात्र देखाउनुछ, आफ्ना कुरा एकोहोरो भनिरहेका छन्।

शौचालय जाँदा खाली भएको कुर्सीमाथि पनि कर्मचारी नभएको भन्दै भिडियो बनाएको देखियो। क्षणिक चर्चाका लागि मानवीय संवेदनालाई नै धज्जी उडाउने कर्म कोही कसैले पनि नगरौँ।

युटुबरलाई आग्रह : कम्तीमा सामाजिक मान्छे बन्नुस्।

कतिपय युटुबरहरूका कारण मान्छेले दोस्रो जिन्दगी पाएका छन्, जो सत्कर्ममा तल्लीन भएर आफ्नो दायित्व निर्वाह गरेका छन्। उनीहरूप्रति सम्मान छ। युटुबर भोजराज थापा, अर्जुन भुसालजस्ता साँच्चिकै समाजका जुझारु युवाहरूका कारण कति परिवारको पुनर्मिलन भएको छ, कतिले नयाँ जिन्दगी पाएका छन्, कतिका बेघरबार भएकाहरूले घरबार पाएका छन्, ओझेलमा परेका प्रतिभाहरू चिनिएका छन्। उनीहरूलाई नराम्रो कसले भन्छ ? आफ्ना पीडा, गुनासाहरू पोखिने माध्यम बनेका छन्।

केही युटुबरहरू व्यक्तिको ओछ्यानसम्म पुगेर पारिवारिक कुरा खोतल्ने अनि सरकारी कार्यालयमा गएर मनलाग्दी रिपोर्टिङ गर्न मिल्छ कि मिल्दैन ? कर्मचारी सबैभन्दा पहिले यही समाजको एउटा मान्छे हो।

कर्मचारीका कारण कार्यालयको काममा हानि भएको छ कि छैन ? सेवाग्राही मारमा परेका छैनन् ? कार्यालयको काम रोकिएको छ कि छैन ? सरकारी बजेटको दुरुपयोग भएको छ कि छैन ? नियतवश कुनै बदमासी भएको छ कि छैन ? त्यो विषयमा आफू नचिनिईकन अनुसन्धान गर्नुस् न। त्यो कार्य गर्न तपाईंलाई कसले रोकेको छ ? कर्मचारीको ड्रेसको रङमा तपाईंको बुम तेर्सिएपछि अरू कुरा त ओझेलमा परे होइन र ?

बिहान कहिले आफन्तको मलामी जानुपर्छ, युटुबर आउँछन्, घाटबाटै अफिस जानुपर्छ भनेर सजिएर मलामी कोही पनि जाँदैन नि, होइन र ? घाटमा पुगेका कर्मचारी उतैबाट अफिस आउनुपर्छ, तपाईंको क्यामेराले त्यो कर्मचारीलाई अपराधी देखाउँछ। कहिले अस्पतालमा जानुपर्छ, कहिले बिहे, व्रतबन्धमा जानुपर्छ। सामाजिक प्राणी भएपछि समाजको रीत मान्नुपर्छ होला नि, होइन र ? कर्मचारीको अनुकूलतामा कोही आफन्तको निधन हुँदैन, मेरो आफन्त कर्मचारी छन् भनेर बिदाको दिन बिहे–व्रतबन्धको लगन निस्कँदैन नि, होइन र ?

कर्मचारीले लगाएको पोशाक हल्का निलो छ कि गाढा निलो छ ? हल्का सेतो छ कि गाढा सेतो छ ? पोशाकको रङ र सेवाग्राहीको सेवामा के सम्बन्ध छ ?

पोहोर साल म अफिस हिँडेकी थिएँ। बीच बाटोमा मामाघरकी हजुरआमाको निधन भएको खबर आयो। कार्यालयको पोशाक लगाएर हिँडेको मान्छे म कार्यालयमा जानकारी गराएर आर्यघाट पुगेँ। कुनै युटुबरले मलाई “तपाईं सरकारी ड्रेस लगाएर किन आर्यघाटमा ?” भनेर धन्न प्रश्न गरेनन्। त्यो दिन मेरो कार्यालयमा युटुबर गएको भए मेरो कुर्सी खाली देख्थे, आर्यघाटमा गएको भए “आर्यघाटमा सरकारी कर्मचारी किन ?” भन्थे होला। मानवीय संवेदना भन्ने कुरा पनि हुन्छ होला नि, होइन र ?

एकजना कर्मचारीले “मेरो जेठाजुको जुठो बारेकी छु, हिजो धोएको ड्रेस सुकेन, निलो कुर्था नसुकेकोले सेतो लगाएर आएको, सर।” भनिरहेकी छन्। उनैलाई र्‍याखर्‍याखती पारेका छन्। पारिवारिक शोकमा रहेकी कर्मचारी, जो कार्यालयको औपचारिक पोशाक लगाएरै आएकी छ, उसलाई रङ मिलेन भन्दै हतोत्साही गर्ने पत्रकारिता कुन मापदण्डमा पर्छ ?

0 Comments