नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ भने उपचारपछि उनी स्थानीय अस्पतालबाट डिस्चार्ज भएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। घटनामा उनको दायाँ हात भाँचिएको छ।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि हङकङमा बाथरुममा लड्दा उनको दायाँ हातमा चोट लागेको हो। उपचारपछि उनी त्यहाँकै एक स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
पछिल्लो समय हङकङमा रहेका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै विभिन्न स्थानमा हिँडडुल गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन्।
देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुन २०८२ को राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।
देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको र हातको उपचारपछि अस्पतालबाट घर फर्किसकेको स्रोतले जनाएको छ।







