२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

अ+ अ-

नेपालगन्ज । बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो ।

अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको उनले बताए ।

उनले भने, “अब यो प्लान्ट सुरु भएसँगै स्टोर गरेर पनि राख्न सकिन्छ ।” केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायगोनोसिस सेवा समेत सञ्चालनमा आएको डा भट्टराईको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक अनुदानमा खजुरा क्यान्सर अस्पतालमा उक्त अक्सिजन प्लान्ट जडान भएको थियो । कार्यकारी निर्देशक भट्टराईले लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर सञ्चालनमा ल्याउन लागिएको उल्लेख गरे ।

धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो । संघीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । सो अस्पताल नेपालगञ्ज बजारबाट करिब १० किलोमिटर पश्चिम दूरीमा पर्छ ।

0 Comments