२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्‍यो ४८ सम्झौता

अ+ अ-

एजेन्सी । इराकले प्रधानमन्त्री अली अल-जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ ।

तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ । कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ ।

“इराक र संयुक्त राज्य अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारी पत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्”, प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ ।

सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनबीचको सहकार्य तथा साझेदारी समावेश छन् ।

यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन् । इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक  स्टारलिङ्कसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ ।

मङ्गलबार ह्वाइट हाउसमा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैदीको प्रशंसा गर्दै उनलाई ‘च्याम्पियन’ को सङ्ज्ञा दिएका थिए ।

व्यवसायी पृष्ठभूमिका जैदी अर्का उम्मेदवारलाई ट्रम्पले अस्वीकार गरेपछि यसै वर्ष अमेरिकी समर्थनमा सत्तामा आएका हुन् । उनले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाएका छन् । 

इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबीच सन्तुलन कायम गर्दै आएको छ ।

0 Comments