४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किभमाथि रुसको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण, एक जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। रुसले युक्रेनको राजधानी किभलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलोमध्ये एक मानिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।

शनिबार रातिदेखि आइतबारसम्म किभका विभिन्न क्षेत्रमा लगातार आक्रमण भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई राजधानी किभमाथि भएको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एकको संज्ञा दिएका छन्।

युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा अवरोध गरिएको दाबी गरिएको छ। त्यसैगरी आक्रमणमा प्रयोग गरिएका १०८ वटा ड्रोन पनि निष्क्रिय पारिएको सेनाको भनाइ छ।

युक्रेनी वायुसेनाले पछिल्लो आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न रुसी हतियार प्रणाली प्रयोग गरिएको जनाएको छ। उसका अनुसार कुल १२५ वटा ड्रोनसमेत परिचालन गरिएको थियो।

किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ। प्रभावित संरचनामा सुपरमार्केट र छात्रावाससमेत रहेका छन्। आक्रमणपछि लागेका आगो नियन्त्रणका लागि दमकलकर्मीहरू दुई वटा गोदाम क्षेत्रमा खटिएका छन्।

राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो एक सातामा मात्रै रुसले युक्रेनमाथि करिब १ हजार ४५० आक्रमणकारी ड्रोन, १ हजार ६४० भन्दा बढी निर्देशित बम तथा ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रयोग गरेको छ।

युक्रेनी पक्षले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का दुई गोदाममा ड्रोन आक्रमण गरेपछि त्यसको प्रत्युत्तर स्वरूप रुसले किभमाथि आइतबार व्यापक आक्रमण गरेको बताइएको छ।

0 Comments