काठमाडौँ । नेपालमा कृषि-खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना सुरु भएको छ । सोमवार काठमाडौँमा एक कार्यक्रमबीच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना सुरु गरिएको नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बताए ।
राजदूत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोवल डेभलपमेन्ट एण्ड साउथ-साउथ कोअपरेसन फण्ड’ मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो ।







