५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रामाथि दुर्व्यवहारको आरोपमा मोरङबाट दुई शिक्षकसहित चालक पक्राउ

अ+ अ-

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित एक जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा-१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा-२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा-१२ का ३५ वर्षीय अबिरल मास्के रहेको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकामध्ये भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक हुन् ।

विद्यार्थीहरूले आरोपित व्यक्तिहरूविरुद्ध विरोध कार्यक्रम गर्ने तयारी गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा सफल बनाइदिने प्रलोभन दिने तथा मर्यादा विपरीत व्यवहार गरेको सूचनाका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिएको हो ।

घटनामा यौनजन्य दुर्व्यवहारको सम्भावनासमेतलाई ध्यानमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । डीएसपी मिश्रले घटनासम्बन्धी थप तथ्य संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

0 Comments