६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । 

ललितपुरको युएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै पालले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेताहरूलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गरे।

 प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिताका लागि करिव १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए । 

महिलातर्फको प्रतिस्पर्धामा सहभागीहरूले निर्धारित धावन मार्ग(रुट) छोडेर दौडिएका कारण उक्त विधाको प्रतियोगिता पुनः सञ्चालन गरिने जानकारी दिइएको छ । कार्यक्रममा सभापति थापा स्वयं प्रतियोगीका रूपमा सहभागी थिए भने अन्य सयौँले अप्रतियोगीका रूपमा ऐक्यबद्धता जनाएका थिए । सोही अवसरमा नेपाली काँग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणा समेत गरेको छ । कोषको घोषणा गर्दै सभापति थापाले यस माध्यमबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई विशेष सहयोग पुर्‍याइने जानकारी दिए।

 हाल पार्टीका सदस्यहरूबाट संकलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र यसलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ । कोषको विस्तृत कार्ययोजना, सञ्चालन विधि र पार्टीका आगामी राजनीतिक अभियानका बारेमा बिहीवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत थप जानकारी दिइने थापाले बताए।

0 Comments