काठमाडौँ । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला
दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार भने सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १ सय १० रुपैयाँले बढेर आज ४ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको थियो ।







