७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर प्रशासनलाई सेवामुखी बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन कर प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदातासँग सहजीकरण गर्दै स्वेच्छिक कर अनुपालन बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

उनले करदातालाई डर, दबाब वा असहज परिस्थितिमा पारेर नभई विश्वासको वातावरण निर्माण गरी करको दायरामा ल्याउनुपर्ने बताए । कर प्रशासनमा सुधार भएको र कर तिर्ने प्रक्रिया सहज बनेको अनुभूति आम नागरिकले गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले कर प्रशासन प्रभावकारी बनाउन आवश्यक जनशक्ति, भौतिक पूर्वाधार वा सूचना प्रविधिमा कुनै समस्या भए स्पष्ट रूपमा जानकारी गराउन कर्मचारीलाई आग्रह गरे । राज्यको राजस्व वृद्धि र कर प्रणाली सुधारमा योगदान गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले करदाता सन्तुष्ट हुने, कर संकलन प्रक्रिया सहज हुने र राजस्व लक्ष्य हासिल हुने गरी काम गर्नुपर्नेमा जोड दिए । सरकारले अघि सारेको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्यमा आन्तरिक राजस्वको हिस्सा पूरा गर्न प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए ।

चालु आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक दिशामा परिवर्तन ल्याउने आधार तयार गरेको उल्लेख गर्दै उनले आगामी चार वर्षका बजेटमार्फत सरकारले अघि सारेको आर्थिक संरचनाको स्पष्ट चित्र देखिने बताए ।

अर्थमन्त्रीले बजेटमा व्यवस्था गरिएका छुट तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता सचेतना बढाउन र कारोबारलाई डिजिटल प्रणालीमा विस्तार गर्न विभागीय नेतृत्वलाई निर्देशन दिए ।

मुलुकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै उनले कर प्रशासनले पनि गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्नुपर्ने बताए ।

कर अधिकृतहरूको वृत्तिविकास उनीहरूको कार्यसम्पादन र राज्यप्रतिको योगदानका आधारमा गरिने स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले सरुवा तथा अन्य प्रशासनिक प्रक्रियामा व्यक्तिगत प्रभाव वा दबाब प्रयोग नगर्न कर्मचारीहरूलाई आग्रह गरे ।

0 Comments