९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, दुई जना घाइते

अ+ अ-

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका-०५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका-१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो ।

पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए । बिहान ४:४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

0 Comments