११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर ल्याएको ३२ बोरा चिनी सशस्त्र प्रहरीको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुई वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तर्गत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३: ३० बजे नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र–१–०१–००१ ज ४०३६ नम्बरको पिकअप र मे १० प ५७५५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको ३२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले जनाएको छ ।

बरामद गरिएको चिनीको अनुमानित मूल्य १ लाख १२ हजार, पिकअपको १० लाख तथा मोटरसाइकलको २ लाख गरी जम्मा १३ लाख १२ हजार बराबर रहेका छन्। बरामद गरिएको चिनी, पिकअप र मोटरसाइकल आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

0 Comments