११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग नेपाल-जापान सहकार्यको महत्वपूर्ण उपलब्धि’ : जाइका अध्यक्ष अकिहिको

अ+ अ-

काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले नागढुंगा-सिस्नेखोला सुरुङमार्गलाई नेपाल–जापान विकास सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै यसले नेपालको सडक यातायात पूर्वाधारमा ऐतिहासिक परिवर्तनको आधार तयार गरेको बताएका छन्।

सुरुङमार्गको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग सञ्चालनमा आएसँगै यातायात व्यवस्थापन, सडक सुरक्षा तथा आवागमनको दक्षतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। उनका अनुसार सुरुङ सञ्चालनपछि नागढुंगा खण्ड पार गर्न लाग्ने समय करिब ५ देखि ७ मिनेटमा सीमित हुनेछ, जसबाट सवारी चाप घट्नुका साथै आर्थिक गतिविधि र नागरिकको दैनिक आवागमनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष अकिहिकोले केही वर्षअघि भएको अत्यधिक वर्षापछि उत्पन्न अवरोधका क्रममा यस सुरुङमार्गको आवश्यकता अझ स्पष्ट भएको उल्लेख गरे। निर्माणाधीन अवस्थामै रहेको उक्त करिडोरले विपद्का बेला वैकल्पिक सम्पर्क मार्गका रूपमा उपयोगी भूमिका खेलेको भन्दै उनले आपत्कालीन सेवा प्रवाह र अत्यावश्यक सामग्री ढुवानीका लागि भरपर्दो पूर्वाधारको महत्व यस घटनाले पुष्टि गरेको बताए।

उनका अनुसार हिमाली भू-गर्भीय संरचनाका कारण आयोजना कार्यान्वयनका क्रममा जटिल प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको थियो। उत्खननका बेला पटक–पटक पहिरो जानु, चट्टानको विकृति देखिनु तथा जमिनको उच्च दबाबजस्ता समस्या आए पनि जापानी प्रविधि र नेपाली जनशक्तिबीचको सहकार्यबाट ती चुनौती समाधान गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गरिएको उनले जानकारी दिए।

उनले आयोजनामा संलग्न कुल जनशक्तिमध्ये करिब ९८ प्रतिशत नेपाली इन्जिनियर तथा कामदार रहेको उल्लेख गर्दै जापानी विज्ञहरूसँगको संयुक्त कार्यबाट प्रविधि तथा सीप हस्तान्तरणको प्रभावकारी अभ्यास स्थापित भएको बताए।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सम्पन्न भएको यस आयोजनाले दुई मुलुकबीचको पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ बनाएको अध्यक्ष अकिहिकोको भनाइ थियो।

उनले सुरुङमार्ग निर्माणबाट प्राप्त अनुभवलाई आधार बनाएर आगामी चरणमा सुरुङको योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी नेपालको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि दुवै देशबीच नयाँ प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। साथै, नेपालको दिगो विकास यात्रामा विश्वसनीय विकास साझेदारका रूपमा जाइका आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

अध्यक्ष अकिहिकोले नागढुंगा–सिस्नेखोला सुरुङमार्गले सुरक्षित यातायात प्रणाली, दिगो आर्थिक विकास तथा राष्ट्रिय उत्थानशीलता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

0 Comments