११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फौजदारी न्याय प्रणालीमा क्षतिपूर्तिको समेत माग गर्न थालेका छौँ’ : महान्यायाधिवक्ता कँडेल

अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले फौजदारी न्याय प्रणालीलाई पीडित मैत्री, प्रभावकारी र उत्तरदायी बनाउन महान्यायाधिवक्ताको कार्यालयले व्यापक सुधारका कार्यक्रम सुरु गरेको बताएका छन्।

महान्यायाधिवक्ता कार्यालयका चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३-०८४/२०८७-०८८) तथा गत आर्थिक वर्षको कार्यप्रगति सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रत्येक फौजदारी मुद्दामा अपराध पीडितका लागि अनिवार्य रूपमा क्षतिपूर्ति दाबी गर्ने अभ्यासको थालनी गरेको जानकारी दिए । उनका अनुसार यसअगाडी क्षतिपूर्ति दाबी गर्ने अभ्यास थिएन । नेपालको संविधान र फौजदारी अपराध संहिताले व्यवस्था गरेको क्षतिपूर्तिसहितको न्यायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू महान्यायाधिवक्ता भएर आएपछि सुरु गरेको उनको भनाई छ ।

उनका अनुसार अब जिल्ला सरकारी वकिल कार्यालयहरूले अभियोजन र अनुसन्धानका क्रममा पीडितका लागि क्षतिपूर्ति दाबी गर्नेछन् भने अदालतबाट क्षतिपूर्ति नदिएमा पुनरावेदनमार्फत पनि त्यसको माग गरिनेछ ।

पीडितका लागि अन्तरिम राहत उपलब्ध गराउनको लागि मापदण्डसमेत महान्यायाधिवक्ताको कार्यालयले तय गरिसकेको उनले जानकारी दिए। उनले सरकारी वकिलको अदालतमा अनिवार्य उपस्थिति, साक्षी वकपत्रलाई प्रभावकारी बनाउने तथा पीडितलाई पर्याप्त कानूनी परामर्श उपलब्ध गराउने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको बताए । सरकारी मुद्दाको कमजोर अभियोजन, साक्षी व्यवस्थापन र पुनरावेदन प्रक्रियामा हुने ढिलाइबारे आएका गुनासोलाई सम्बोधन गर्न यी सुधार गरिएको उनको भनाई छ ।

सरकारी वकिलको कार्यालयको कार्यसम्पादन सुधार गर्न प्रत्यक्ष अनुगमन प्रणाली लागू गरिएको पनि उनले जानकारी दिए । उहाँकाअनुसार अनुगमन टोली सम्बन्धित सरकारी वकिल कार्यालयमै पुगेर ५ देखि १० प्रतिशत मुद्दाका फाइल अध्ययन गर्ने, अभियोजन र अनुसन्धानका कमजोरी तथा सकारात्मक पक्षको समीक्षा गर्ने र त्यसका आधारमा सुधारात्मक निर्देशन दिने व्यवस्था सुरु गरिएको छ । दैनिक सेवा प्रवाहको अनलाइन अनुगमन प्रणालीसमेत सञ्चालनमा ल्याएको उनले बताए ।

सरकारी वकिल अदालतमा उपस्थित भए वा नभएको, मुद्दा किन स्थगित भयो, प्रतिरक्षा प्रभावकारी भए वा नभएको तथा अभियोग पत्र सम्बन्धित पक्षलाई उपलब्ध गराइएको वा नगरिएको लगायतका विषयको दैनिक निगरानीका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क स्थापना गरिएको छ । अब प्रत्येक सरकारी वकिल कार्यालयले सोही दिनको विवरण सोही दिन महान्यायाधिवक्ताको कार्यालयमा पठाउनुपर्नेछ । उनकाअनुसार १६ जिल्ला सरकारी वकिल कार्यालयले समयमै गतिविधि प्रतिवेदन नबुझाएपछि स्पष्टीकरण समेत मागिएको छ । महान्यायाधिवक्ता कँडेलका अनुसार गत आर्थिक वर्षमा महान्यायाधिवक्ताको कार्यालयबाट ३ हजार १९१ मुद्दामा निर्णय गरिएको थियो । आफू महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेपछि १ हजार १५५ मुद्दामा निर्णय भएको र तीमध्ये हालसम्म एउटा मुद्दामा मात्रै चुनौती दिइएको उनले बताए ।

महान्यायाधिवक्ता डा. कँडेलले सार्वजनिक गरिएको चौथो पञ्चवर्षीय रणनीतिक योजनाले अभियोजन प्रणालीलाई थप वस्तुनिष्ठ बनाउने, जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, सरकारी वकिल तथा सम्बन्धित निकायलाई बढी उत्तरदायी बनाउने र संस्थागत क्षमता विस्तार गर्ने लक्ष्य लिएको बताए ।

महान्याधिवक्ताको कार्यलयले पाँच प्राथमिकता, पाँच लक्ष्य, २८ वटा रणनीतिक उद्देश्य र १ सय ५५ वटा क्रियाकलाप गर्नेगरि चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ ।

उक्त रणनीतिक योजना कार्यान्वयन गर्न तीन अर्ब ४० करोड ४१ लाख ३० हजार बजेट लाग्ने अनुमान गरिएको छ । वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानूनी जिम्मेवारी, सूचना प्रविधि र मानव संसाधन र भौतिक विकास रणनीतिक योजनाका प्राथमिकता छन् । भौतिक तथा विद्युतीय प्रमाण संकलन, प्रमाण परीक्षणलाई प्रभावकारी बनाउने, वस्तुनिष्ठ प्रमाणका आधारमा अभियोजन गर्ने, पीडित, साक्षी र अभियुक्तको अधिकारको संरक्षण गर्ने, अनुसन्धानमा जोड दिने, मुद्दाको बहस, पैरवी र रिटको प्रतिरक्षालाई प्रभावकारी बनाउने, पुनरावेदन तथा निवेदन गर्ने कार्यलाई स्तरीय बनाउने, मिसिल व्यवस्थापन तथा अध्ययन सामाग्री व्यवस्थित गर्ने, सरकारी वकिलहरूको क्षमता अभिवृद्धि गर्ने, सूचना प्रविधिको आधारित कार्य सम्पादन गर्ने लगायतका रणनीतिक योजनाका उद्देश्य रहेका छन् ।

0 Comments