११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना, चालकको मृत्यु

अ+ अ-

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्राम सानोठिमी, भक्तपुरका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार महाँकाल गाउँपालिका-३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा एए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका-२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त सवारी एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेको जनाइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कार्पियोमा चालकसहित छ जना सवार रहेका थिए। घाइते पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका-१७ स्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका-२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौँको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासीको गैँडाकोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा तथा नुवाकोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन्।

यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जनको मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

0 Comments