१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघर डुबान नियन्त्रणका लागि ढल विस्तार र अवरोध हटाउने काम सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर क्षेत्रमा वर्षायाममा दोहोरिँदै आएको डुबान समस्या समाधानका लागि ढल निकास प्रणाली सुधारको काम अघि बढाएको छ।

महानगरपालिकाले ढलको बहाव क्षमता बढाउने उद्देश्यले निकास मार्ग सफा गर्ने, अवरोध हटाउने र आवश्यक स्थानमा संरचना सुधार गर्ने काम थालेको हो। बुधबार माइतीघरबाट नेपाली सेनाको मुख्यालयतर्फ जाने क्षेत्रमा ढल खुलाउने तथा सफाइ गर्ने कार्य भइरहेको जनाइएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजनमा गठन भएको प्राविधिक टोलीले माइतीघरलगायत क्षेत्रमा देखिएको डुबानको कारण पहिचान गर्दै प्रतिवेदन बुझाएको थियो। उक्त अध्ययनले अव्यवस्थित सहरी विस्तार, संरचनागत अतिक्रमण र ढल प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण पानी निकासमा अवरोध सिर्जना भएको निष्कर्ष निकालेको थियो।

गत साउन ६ गते बुझाइएको प्रतिवेदन कार्यान्वयन गर्दै महानगरपालिकाले थापाथली क्याम्पस, राष्ट्रिय तथ्यांक कार्यालयलगायत क्षेत्र आसपासका ढल मार्ग सुधारको काम थालेको हो।

सडक डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले माइतीघर डुबानको प्रमुख कारणमध्ये ढल निकास साँघुरो हुनु र कतिपय स्थानमा पुरिनु रहेको बताए। उनका अनुसार भविष्यमा वर्षाका बेला हुने जलमग्नता र बाढीको जोखिम घटाउन पुरिएका भाग हटाउने तथा निकास प्रणाली फराकिलो बनाउने काम भइरहेको छ।

उनले नेपाली सेनाको मुख्यालय आसपास गरिएको अध्ययन तथा उत्खननका क्रममा ढलमा अवरोध भेटिएको जानकारी दिँदै सम्बन्धित निकायसँग समन्वय गरेर समाधानको काम अघि बढाइएको बताए।

काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माइतीघरको समस्या समाधानका लागि महानगर प्रहरी निरन्तर परिचालित रहेको जानकारी दिए। उनका अनुसार सेनाको मुख्यालयको उत्तरी क्षेत्रदेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म ढल निकास सुधार र खोलाको बहाव व्यवस्थापनसम्बन्धी काम भइरहेको छ।

महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले लामो समयदेखि देखिँदै आएको डुबान समस्या समाधानका लागि विभिन्न चरणमा छलफलपछि भौतिक काम सुरु गरिएको बताए। उनले ढल निकास क्षेत्रमै बनेका केही संरचनाका कारण अवरोध सिर्जना भएको उल्लेख गर्दै आवश्यक अवरोध हटाइने जानकारी दिए।

महानगरपालिकाले तत्कालका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने, भित्री ढल तथा टुकुचाको पिँध सफा गर्ने, खोलाको किनारा व्यवस्थापन गर्ने र छोपिएका म्यानहोललाई व्यवस्थित बनाउने योजना अघि सारेको छ।

ढल प्रणालीको क्षमता विस्तार र अन्तरनिकाय समन्वयमार्फत माइतीघर तथा आसपास क्षेत्रमा वर्षायाममा हुने डुबानको दीर्घकालीन समाधान खोजिने महानगरले जनाएको छ।

0 Comments