१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिर्के खोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकाले फिर्के खोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ ।

खोला घर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन आग्रह गरेको छ ।

महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोला घरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ । घरधनी र संस्थाको आग्रह र मौखिक प्रतिबद्धताअनुसार संरचना हटाउन केही समय दिइए पनि खोला घरभित्रका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ ।

समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएका भनी महानगरले आपत्ति जनाएको छ ।

फिर्के खोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रह गरेको छ ।

पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्के खोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले पनि केही दिनअघि महानगरको ध्यानाकर्षण गराएको थियो ।

महाअभियानले फिर्के खोला खोला घरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेनसहितको करिडोर निर्माणमा जोड दिँदै आएको छ । महाअभियानका संयोजक रामबहादुर पौडेलले उक्त खोलामा अतिक्रमण हटाउन लिइएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा पालिका र वडाको कमजोरी रहेको बताउनुभयो ।

बढ्दो अतिक्रमण, प्रदूषण, फोहर मैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापार्वाहीले खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ ।

पोखरा–१८ अँधेरीकुनाबाट सात वटा वडा पार गरी उक्त खोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं ४, ५, ८ र ७ स्थित खोला घरमा बाँकी रहेका विभिन्न संरचना हटाउन महानगरपालिकासँग माग गरेको छ ।

0 Comments